images
images

डेनमार्कको सबैभन्दा पुरानो लेखन दुई हजार वर्ष पुरानो चक्कुमा फेला

डेनमार्कको सबैभन्दा पुरानो लेखन दुई हजार वर्ष पुरानो चक्कुमा फेला

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • डेनमार्कको सबैभन्दा पुरानो लेखन दुई हजार वर्ष पुरानो चक्कुमा फेला
    डेनमार्ककका पुरातत्वविद्हरूले करिब दुई हजार वर्ष पुरानो रुनिक अक्षरमा लेखिएको एउटा सानो चक्कु फेला पारेको सङ्ग्रहालय ओडेन्सले मङ्गलबार बताएको छ । यो डेनमार्कमा पाइएको लेखनको सबैभन्दा पुरानो निशान हो । 
     
    रुन्स पनि भनिने रुनिक अक्षर स्क्यान्डिनेभियामा ज्ञात सबैभन्दा पुरानो वर्णमाला हो । यो वर्णमाला युरोपमा इस्वीको पहिलो वा दोस्रो शताब्दीदेखि लिएर १०औँ शताब्दीमा ईसाइकरणका क्रममा ल्याटिन वर्णमालाले प्रतिस्थापन नगरेसम्म प्रयोगमा थियो । 
     
    “चक्कु आफैँमा उल्लेखनीय होइन तर ब्लेडमा पाँच रुन्स छन् जो आफैँमा असाधारण हो, रुन्सको उमेर अझ असाधारण छ किनकी यी वास्तवमै हामीसँग डेनमार्कको सबैभन्दा पुराना हुन्”, पुरातत्वविद् ज्याकोब बोन्डेले भने, “योभन्दा अघि हामीसँग कुनै लेखन छैन ।”
     
    करिब एक सय ५० वर्ष ईस्वीपूर्वको फलामको चक्कु मध्य डेनमार्कमा ओडेन्सको पूर्वमा एउटा सानो चिहानमा पाइएको थियो । पाँच रुनिक अक्षरले ‘हिरिला’ शब्दको उच्चारण हुन्छ । त्यस समयमा बोलिने प्रोटो–नर्स भाषामा यसको अर्थ ‘सानो तरबार’ हो । 
     
    “शिलालेख ‘अतीतको नोट’ हो”, बोन्डेले भने, “यसले हामीलाई स्क्यान्डिनेभियामा सबैभन्दा पुरानो ज्ञात भाषा कसरी विकसित भयो र मानिसहरूले कसरी एकअर्कासँग कुराकानी गर्थे भन्नेबारे बुझ्ने अवसर दिन्छ, यसको स्वामित्वमा रहेको व्यक्तिले आफू कुन प्रकारको योद्धा हुँ र बन्न चाहन्थेँ भन्ने देखाउन चाहन्थे ।”
     
    अहिलेको डेनमार्कमा मानव बस्तीको पहिलो निशानी करिब चार हजार ईसापूर्वको ढुङ्गे युग हो तर रोमन फलामे युग (शून्यदेखि चार सय ईस्वी) भन्दा पहिला कुनै पनि लेखनको कुनै निशान छैन । बोन्डेका अनुसार सन् १८६५ मा हाडबाट बनेको एउटा सानो काइँयो पत्ता लागेको थियो । त्यसमा रुन्सले कुँदिएको थियो र यो चक्कुको समान समयको हो । 
     
    “लेखन पहिलोपटक स्क्यान्डिनेभियामा देखापर्दा यो ‘केवल सानो शिलालेख थियो, मुख्यतः वस्तुहरूमा’”, बोन्डेले भने, “उदाहरणका लागि हामीसँग न पुस्तकहरू छन् न ठूला शिलालेख नै ।”
     
    दशौँ शताब्दीमा जेलिङ सहरमा बनाइएको डेनमार्कको सबैभन्दा प्रसिद्ध रनस्टोनमा लामो शिलालेख छ । 
    –––

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार