images
images

६ महिनामा भित्रियो ६८ करोडको सेनिटरी प्याड, भित्रियो १० करोड ३६ लाख पिस

६ महिनामा भित्रियो ६८ करोडको सेनिटरी प्याड, भित्रियो १० करोड ३६ लाख पिस

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • ६ महिनामा भित्रियो ६८ करोडको सेनिटरी प्याड, भित्रियो १० करोड ३६ लाख पिस

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा नेपालमा विभिन्न देशहरूबाट ६८ करोड रुपैयाँको सेनिटरी प्याड भित्रिएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना अर्थात साउनदेखि पुष मसान्तसम्ममा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो । नेपालमा ६ महिनामा उक्त मूल्य बराबरको १० करोड ३६ लाख पिस सेनिटरी प्याड आयात भएको हो । 

    नेपाल सरकारले उक्त मूल्य बराबरका प्याड आयात गर्दा १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट प्याड भित्र्याइएको हो । 

    यस्तै, ६ महिनामा ५४ हजार किलो बराबर २ करोड ४१ लाख ७६ हजार रुपैयाँको नेपकिन आयात भएको छ । चीन, मलेसिया, भारत र अमेरिकाबाट सो नेपकिन आयात गरिएको विभागले जनाएको छ । सो बापत सरकारले ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड ८५ लाख पिस डाइपर आयात भएको छ । सो डाइपर आयात गर्दा १ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । सोबाट सरकारले ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार