images
images

पेट्रोल आयातमा वृद्धि, ६ महिनामा करिब ३४ अर्ब बाहिरियो

पेट्रोल आयातमा वृद्धि, ६ महिनामा करिब ३४ अर्ब बाहिरियो

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • पेट्रोल आयातमा वृद्धि, ६ महिनामा करिब ३४ अर्ब बाहिरियो

    काठमाडौँ / चालु आर्थिक वर्षको ६ महिनामा करिब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालस आर्थिक बर्ष २०८०/८१ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार ६ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म  ३३ अर्ब ९१ करोड ९६ लाख ७३ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको हो । 

    ६ महिनामा उक्त मूल्य बराबरको ३ लाख ३९ हजार ३१५ किलोलिटर पेट्रोल आयात भएको हो । यो गत वर्षको सोहि अवधिको तुलनामा ४० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ६ महिनामा ३३ अर्ब ५३ करोड ५७ लाख ८ हजार रुपैयाँ बराबरको ३ लाख ३४ हजार ३१५ किलोलिटर पेट्रोल आयात भएको थियो । 
     
    यसैगरी, चालु आर्थिक वर्षमा पेट्रोल आयातबाट सरकारले १९ अर्ब ४४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ भने गत आवमा सरकारले पेट्रोल आयातबाट  १८ अर्ब २६ करोड ८६ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार