images
images

घट्यो आलु–प्याजको आयात, ६ महिनामा ४ अर्ब ४० करोड बाहिरियो

घट्यो आलु–प्याजको आयात, ६ महिनामा ४ अर्ब ४० करोड बाहिरियो

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • घट्यो आलु–प्याजको आयात, ६ महिनामा ४ अर्ब ४० करोड बाहिरियो

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा आलु–प्याजको आयात घटेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालस आर्थिक बर्षको साउनदेखि पुष मसान्तसम्मा विभिन्न मुलुकबाट हुने प्याज तथा आलुको आयात घटेको हो । 

    विभागको अनुसार ६ महिनाको अवधीमा ४ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ बराबरको १८ करोड ३५ लाख केजी आलु आयात भएको छ । जुन गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा १ अर्ब रुपैयाँले कम हो । गत आर्थिक वर्ष ५ अर्ब ७३ करोड १० लाख रुपैयाँ बराबरको २१ करोड २१ लाख केजी आलु आयात भएको थियो ।

    यता, आलुको आयातमा कमी आएपनि राजस्व संकलनमा भने वृद्धि भएको विभागले तथ्याङ्क छ । चालु आर्थिक वर्षमा सरकारले आलु आयातबाट १ अर्ब १४ करोड ५५ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा भने ५७ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । समिक्षा अवधिमा आलु आयातबाट हुने राजस्व संकलन २ गुणाले बढेको छ ।

    यस्तै, विभागको अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ९५ लाख रुपैयाँ बराबरको २ लाख २४ हजार किलो व्याज आयात भएको छ । यो गत वर्षको भन्दा ५ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ८ करोड ४ लाख रुपैयाँ बराबरको ११ लाख ४० हजार किलो प्याज आयात भएको छ ।

    यता, प्याज आयातबाट चालु आर्थिक वर्षमा ९९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षमा ९३ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

    सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत बाहिरबाट ल्याइने आलुमा १३ प्रतिशत भ्याट लगाएपछि यसको आयातमा पनि गिरावट आएको हो । सरकारले बजेट मार्फत आलु, प्याज लगायत बोडी, सिमी, कोसे तरकारी, केराउ, पालुंगो लगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेको थियो । आलु विषेश गरी भारतबाट आयात गर्ने गरिएको छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार