images
images

आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा बर्षा, हिमपात र हुस्सु/कुहिरोको सम्भावना

आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा बर्षा, हिमपात र हुस्सु/कुहिरोको सम्भावना

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • आगामी तीन दिनसम्म यी क्षेत्रहरूमा बर्षा, हिमपात र हुस्सु/कुहिरोको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै, देशको तराईका अधिकांश भूभागमा हुस्सु/कुहिरो लागेको छ।

    images
    images

    बिहीबार कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    शुक्रबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बर्षा, हिमपात र  हुस्सु/कुहिरो लाग्ने  हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार