काठमाडौँ / एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।
गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृतिको प्रक्रियामा रहेको भन्दै कम्पनीले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने जानकारी दिएको हो ।
सभा आगामी चैत मसान्तसम्म साधारण सभा सम्पन्न गर्ने नेप्सेमार्फत कम्पनीले जानकारी दिएको छ ।