images
images

अमेरिकी डलरसँगै यी देशका मुद्राको मूल्यमा गिरावट, हेर्नुस् विनिमय दर

अमेरिकी डलरसँगै यी देशका मुद्राको मूल्यमा गिरावट, हेर्नुस् विनिमय दर

बिहिवार, पुस २६ २०८०
बिहिवार, पुस २६ २०८०
  • अमेरिकी डलरसँगै यी देशका मुद्राको मूल्यमा गिरावट, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरसँगै कुवेती दिनारसम्मको मूल्यमा गिरावट आएको छ । यसअघि खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा तोकिएको अमेरिकी डलरलाई आज खरिदमा १३२ रुपैयाँ ५६ पैसा र बिक्रीमा १३३ रुपैयाँ १६ पैसा पर्नेछ । 

    images
    images

    यता, युरोपियन युरोको भाउ भने आज स्थिर रहेको छ । आज युरोको मूल्य एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७५ पैसा तोकिएको छ भने सिङ्गापुरे डलरको भाउ सामान्य घटेर खरिदमा ९९ रुपैयाँ ७२ पैसा र बिक्रीमा १०० रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

    युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र स्वीडिस क्रोनरको भाउ भने आज बढेको छ । युके पाउन्ड स्टर्लिङ बढेर खरिदमा १६८ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६९ रुपैयाँ ३८ पैसा पुगको छ भने अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ २६ पैसा पुगेको छ । 

    यता, जापानिज येन, चाइनिज युआन, साउदी र मलेसियन रिंगेट, युएई दिरहम, मलेसियन रिंग्गेट, साउथ कोरियन वन, बहराइन र कुवेती दिनारलगायतका मुद्राको भाउ भने आज घटेको छ । 

    क्यानेडियन डलर खरिद मूल्य ९९ रुपैयाँ १२ पैसा र बिक्री मूल्य ९९ रुपैैयाँ ५७ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीमा ९ रुपैयाँ १८ पैसा तोकिएको छ । 
     
    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा कायम भएको छ । 

    यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ४ पैसा र बिक्री दर १० रुपैयाँ ९ पैसा, कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ३ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३५१ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य ३५३ रुपैयाँ २१ पैसा तोकिएको छ ।

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार