images
images

अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा महँगियो जापानिज येन र क्यानेडियन डलर

अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा महँगियो जापानिज येन र क्यानेडियन डलर

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • अमेरिकी डलरदेखि युरोसम्मको भाउ घट्दा महँगियो जापानिज येन र क्यानेडियन डलर
    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलर, युरोपियन युरोलगायतका मुद्राको भाउ घटेको छ भने क्यानेडियन डलरको भाउ भने बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३३ पैसा तोकिएकोमा आज घटेर खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा कायम भएको छ । 
     
    यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७५ पैसामा झरेको छ । यसअघि भने खरिदमा १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा तोकिएको थियो । 
     
    यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ २१ पैसा रहेको छ । क्यानेडियन डलर भने आज बढेको छ । यसअघि एकको खरिदमा ९९ रुपैयाँ १८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६३ पैसा रहेको क्यानेडियन डलर बढेर खरिद मूल्य ९९ रुपैयाँ २३ पैसा र बिक्री मूल्य ९९ रुपैयाँ ६८ पैसा कायम भएको छ । 
     
    यसैगरी जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा तोकिएको छ । 
     
    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा पर्नेछ । 
    विस्तृत तालिकामा हेर्नुस् 
    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार