काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा पर्नेछ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ८१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ १८ पैसा र बिक्रीमा ८९ रुपैयाँ २१ पैसा र जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५८ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्