images
images

क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिबासमा हुँदै, नयाँ नेतृत्व चयन गर्ने

क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिबासमा हुँदै, नयाँ नेतृत्व चयन गर्ने

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिबासमा हुँदै, नयाँ नेतृत्व चयन गर्ने
    images
    images

    काठमाडौँ  / देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले अधिवेशन गर्ने भएको छ । 

    क्रसर तथा खानी उद्योग व्यवसायीहरूको दसौँ तथा एघारौँ वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कार्तिक ३० गते महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको हो। 

    साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्नुहुने महासंघले जनाएको छ । 

    महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति  अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

     महाधिवेशनमा देशभरीबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । 

    यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ। तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

    महासंघको स्थापना २०७० सालमा भएको थियो, जसको उद्देश्य देशभर छरिएर रहेका क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूलाई एकताबद्ध गर्नु र व्यवसायीहरूको हकहितका लागि पहल गर्नु हो। 

    २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

    यस महाधिवेशनको आयोजनासँगै महासंघले उद्योगका समस्याहरूको समाधानका लागि र व्यवसायीहरूको हितमा सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार