images
images

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध

    काठमाडौँ / नेपाल विज्ञापन संघको २४औँ वार्षिक साधारण सभाले संघको ११औँ केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको हो । जसमा पदाधिकारीहरूमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरू निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । 
    संघका अनुसार प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पकजलाल प्रधान र महासचिवमा कृष्णप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।

    images
    images

    यसैगरी, कोषाध्यक्षमा सजन श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरू सन्तोष खड्का र अरुणकाजी स्थापित निर्विरोध चयन भएका छन् । यसैगरी अन्य सदस्यहरूमा रोशन रेग्मि, आरसि, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल निर्वाचित भएका छन् । 

    संघका पदाधिकारी तथा सदस्यहरूले आजै सपथ गरेका छन् । संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको दावी गरिएको छ । यो कार्यसमितीको कार्यकाल तीन बर्षको रहनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार