images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घट्यो, हेर्नुस् विनिमय दर

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घट्यो, हेर्नुस् विनिमय दर

शनिवार, पुस २१ २०८०
शनिवार, पुस २१ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घट्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज शनिबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ घटेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४८ पैसा तोकिएको अमेरिकी डलर आज बढेर खरिदमा १३२ रुपैयाँ ७५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३५ पैसा पर्नेछ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा रहेकोमा घटेर आज खरिदमा १४४ रुपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५१ पैसा पुगेको छ । 

    अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको छ । यसअघि एकको खरिद मूल्य ८९ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ९२ पैसा रहेको अष्ट्रेलियन डलर आज घटेर खरिद मूल्य ८८ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ ४ पैसा पुगेको छ । 

    जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा र बिक्री दर ९ रुपैयाँ १८ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५६ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ । 

    साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।  आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ ।

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार