images
images

सिटिजन्स बैंकले १० मेगावाटको सिद्धि खोला जलविद्युतमा ऋण लगानी गर्ने

सिटिजन्स बैंकले १० मेगावाटको सिद्धि खोला जलविद्युतमा ऋण लगानी गर्ने

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • सिटिजन्स बैंकले १० मेगावाटको सिद्धि खोला जलविद्युतमा ऋण लगानी गर्ने

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धि खोला जलविद्युत आयोजनाबीच कर्जा सम्झौता सम्पन्न भएको छ। 

    images
    images

    प्रदेश नंं. १ को इलाम जिल्ला साबिक समलबुङ र जिर्मले गाविस (हालको सुर्योदय नगरपालिका र रोङ गाउँपालिका) मा निर्माण हुने सिद्धि खोला जलविद्युत आयोजनाको प्रवर्द्धक सिद्धि हाइड्रोपावर कम्पनी र सिटिजन्स बैंकबीच कर्जा सम्झौता भएको हो । 

    वित्तीय व्यवस्थापनका लागि भएको सम्झौतापत्रमा आज बैंकका प्रमुख–कर्न्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गरेका छन् ।

    परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड रूपैयाँ (निर्माण अवधिको ब्याजबाहेक)मा बैंकले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा १ अर्ब २९ करोड रूपैयाँ बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकबाट स्वपुँजी जुटाइनेछ । यो आयोजनाले आगामी २.५ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

    कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ ।

    सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार