images
images

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : कृषिजन्य उत्पादनहरू भारत पठाउन विशेष छुट माग्नुपर्छ – राजकिशोर यादव

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : कृषिजन्य उत्पादनहरू भारत पठाउन विशेष छुट माग्नुपर्छ – राजकिशोर यादव

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण : कृषिजन्य उत्पादनहरू भारत पठाउन विशेष छुट माग्नुपर्छ – राजकिशोर यादव

    काठमाडौँ / जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादवले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझै सुमधुर र सुदृढ बनाउनुपर्ने बताएका छन् ।

    images
    images

    उनले भने, “नेपाल र भारतको सम्बन्धको कुरा गर्दा यो बहुआयामिक छ । यसमा सर्वविदितै छ । हामीले खुला बोर्डर सेयर गर्छौं । हामी दुई देशका नागरिक बिना पासपोर्ट र भिसा एक अर्काको देशमा जान पाउँछौँ । यो सम्बन्ध जुन कोणबाट हेर्दा पनि ऐतिहासिक र बहुआयामिक छ ।” 

    भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष-साक्षात्कारमा बोल्दै उनले आजको वैश्यिक युगमा दुई देशका साझा स्वार्थ पहिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपालले आफ्नो हितमा भारतसँगको सम्बन्धलाई बढावा दिनुपर्ने उनको सुझाव छ ।

    उनले भने, “अहिलेको नेपालको चुरो समस्या, हाम्रो युवाहरुको बेरोजगारी, हाम्रो अर्थतन्त्र जुनप्रकारले सङ्कुचन हुँदै गैरहेको छ, खासगरी भारतसँगको करा गर्दा जुनप्रकारले हाम्रो व्यापार घाटा बढेर गएको छ, यो हाम्रो लागि चिन्ताको विषय हो । यो हाम्रो लागि मूल समस्या हो । हामी आयात गर्न बहादुर छौँ । तर, निर्यात गर्न सकिरहेका छैनौँ । अब निर्यात बढाउनको लागि फोकस भएर काम गर्नुपर्ने हुन्छ ।” 

    उनले नेपाल अहिले जुन अवस्थामा छ त्यसको लागि हिजो देशको नेतृत्व गरेकाहरुले एकचोटी आत्मसात् गर्नुपर्ने बेला आएको आवश्यकता औँल्याए । 

    उनले भने, “नेपालको जुन प्राकृतिक स्रोत र साधननको अवस्था छ, नेपाल आर्थिक रुपमा यति कमजोर हुने मुलुक होईन । तथापि, यथार्थ के हो भने आज हामी उत्तरमा रहेको मुलुक विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक, दक्षिणमा रहेको मुलुक अहिले विश्वको पाँचौ ठूलो अर्थतन्त्र, र अब तेस्रो बन्नको लागि द्रुत गतिमा अघि बढिरहेको स्थिति छ । तर, यो बीचमा रहेको नेपाल, हामी चाहीँ आर्थिक दृष्टिकोणबाट हेर्दा पछाडिबाट हेर्नुपर्ने स्थिति छ । अरुलाई दोष दिनुभन्दा आफूले हेर्नुपर्छ ।”

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले भारतीय पक्षसँग कुरा गर्दा अब नेपालका आफ्ना उत्पादन खासगरी कृषिजन्य उत्पादनहरू भारत पठाउनेबारे विशेष छुटको मागसहित कुरा राख्नुपर्ने सुझाव दिए । उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूको जुन भारत भ्रमण भएको थियो, त्यो भ्रमणमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत १० वर्षभित्र किन्ने सम्झौता भएको थियो । त्यसलाई मूर्त रुप दिन नेपालले तयारी गरेको छ । अर्को हाम्रो उत्पादनहरु, भारतमा हामी के–के पठाउन सक्छौं ? खासगरी कृषिजन्य उत्पादनहरू भारत पठाउनेबारे विशेष छुट दिनुपर्छ भनेर भन्नुपर्छ ।”

    संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापतिसमेत रहेका यादवले छिमेक कमजोर र गरिब भयो अनि छिमेकीमा अशान्ति भयो भने उ जतिसुकै धनी वा सम्पन्न भएपनि ती छिमेकीहरू पनि पनि शान्त रहन नसक्ने सुनाए । उनले भने, “भारत र चीनलाई हामीले तिमीहरू ठूलो अर्थतन्त्र भएको मुलुक हो, नेपालले पनि आर्थिक रूपमा कोल्टे फेर्ने कुरामा भारतको सहयोग लिने कुरा राख्न सक्नुपर्छ । यो आजको बास्तविक धरातलीय यथार्थ हो । भारतको जायज कन्र्सन हामीले असल छिमेकीको नाताले पूरा गर्नुपर्छ । सुरक्षाको दृष्टिकोणले हामीले आफ्नो भूमि कुनै प्रकारले तिमीहरुको विरुद्धमा उपयोग गर्न दिँदैनौं भनेर भन्नुपर्छ ।”

    उनले विदेशमन्त्रीस्तरीय वार्तामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयनबारे छलफल हुने बताए । उनले भने, “प्रधानमन्त्रीले गर्नुभएको भारत भ्रमणको बेला भएका सम्झौतालाई कार्यान्वयनको लागि मुर्त रुपमा दिने बेला हो । हामी पछाडि पर्नुहुँदैन ।”

    यादवले अहिले राजनीतिमा सङ्कट उत्पन्न भएको सुनाए । उनले भने, “नेपालको राजनीति अलिकति संकटउन्मुख देख्दैछु । राजनीतिक नेतृत्वमा जिम्मेवारीवोधको अभाव र नैतिकताको खडेरी देखिएको छ । जनतामा निराशा र अविश्वास पैदा भएको छ । केही हुँदैन भन्ने भाष्य स्थापित हुँदै गैरहेको छ, यो हामे लागि दुर्भाग्य हो ।”

    यादवले हालै ललितपुरको बालकुमारी घट्नामा दुई होनाहार युवाले ज्यान गुमाएको प्रसङ्ग उल्लेख गर्दै त्यसले अनिष्टको संकेत गरेको टिप्पणी गरे । उनले भने, “बालकुमारी घट्नाबारे जसरी मन्त्रीहरूले एक अर्कालाई ब्लेमिङ गर्दैछन्, त्यो गलत छ । अनि राज्य कसरी सञ्चालन भएको छ भन्ने कुरा यो घट्नाले उदाङ्गो पारेको छ । युवाहरूको राज्यप्रति आक्रोश बढेर गएको छ । सबै जना मिलेर, लोकतन्त्रमा सरकार असफल भयो भने प्रमुख प्रतिपक्ष भनेको वेटिङ सरकार, ठुला ठुला भ्रष्टाचार काण्डमा सबै दललाई एउटै बास्केटमा राखेर हेर्नुपर्ने अवस्था छ । सबै दलले नेपालको राजनीतिबारे गम्भीर चिन्ता गर्नुपर्छ,”  यादवले देशको राजनीति अब रुपान्तरणको साथै पुस्तान्तरण हुनुपर्ने आवश्यकत्ता औँल्याए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार