images
images

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, विनिमय दर

आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, विनिमय दर

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • आज अमेरिकी डलरदेखि युरोसम्मको भाउ बढ्यो, विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४९ पैसा पुगेको छ । यसअघि खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४४ पैसा रहेको डलरको भाउ आज सामान्य बढेको हो । 

    images
    images

    यसैगरी युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा तोकिएकोमा आज बढेर खरिदमा १४६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १४७ रुपैयाँ ३३ पैसा पुगेको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९० रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ३१ पैसा र बिक्री दर १०१ रुपैयाँ १६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९ रुपैयाँ ४६ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ३१ पैसा तोकिएको छ । 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार