images
images

ग्लोबल आइएमई बैङ्कद्वारा वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढी महिला लाभान्वित

ग्लोबल आइएमई बैङ्कद्वारा वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढी महिला लाभान्वित

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • ग्लोबल आइएमई बैङ्कद्वारा वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढी महिला लाभान्वित

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैङ्कले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    images
    images

    बैङ्कले चितवनको भरतपुर महानगरपालिका वडा नं. ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो । शिविरमा २०० भन्दा बढी महिलाहरूले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन् । यही पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैङ्क १७ औँ वर्ष पूरा गर्दैछ ।    

    उक्त अभियानअन्तर्गत बैङ्कले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । 

    शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । 

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

    ग्लोबल आइएमई बैङ्कले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार