images
images

जावलाखेलमा राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव आज

जावलाखेलमा राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव आज

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • जावलाखेलमा राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव आज

    काठमाडौं /  आज पुस १५ गते च्याउ दिवसको अवसर पारेर ललितपूर जावलाखेलमा च्याउ महोत्सव हुँदैछ ।

    images
    images

    च्याउ प्रवद्र्धनका लागि, च्याउ उत्पादक किसान संघ नेपाल र व्यवसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा आज आइतबार  पुस १५ गते जावलाखेल खेलमैदानमा राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव २०८० हुन लागेको हो ।

    च्याउ किसानहरुको जागरुपता, ब्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता भन्ने नाराका साथ उक्त मेला हुँदै छ । एक दिने च्याउ मेला तथा परिकार महोत्सबमा सबैलाई उपस्थितिको लागि च्याउ उत्पादक किसान संघ नेपाल अनुरोध छ ।

    यस्ता छन् राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव २०८० का आकर्षणहरु ः

    – ३० वटा भन्दा बढी स्टलहरुमा च्याउ सम्बन्धि बिभिन्न बिषयहरुमा प्रर्दशनी ।
    – च्याउका बिभिन्न परिकारहरुको उपलब्धता तथा प्रर्दशनी ।
    – गाब्रे, कन्ये, किङ ओएस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक तथा प्रयोगात्मक प्रर्दशनी ।
    – बिभिन्न स्टलहरुमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक बस्तुहरुको प्रर्दशनी ।
    – राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष साँस्कृतिक कार्यक्रम ।

    – विभिन्न प्रकारका च्याउका विभिन्न परिकारहरु समेत निशुल्क चाख्ने व्यवस्था ।

    – निःशुल्क रुपमा प्राथमिक स्वास्थ्य उपचारको ब्यवस्था समेत गरिएको छ ।

     

    नेपालमा च्याउको इतिहास 

    नेपालमा प्राचिन समयदेखि नै च्याउको उपभोग गरिदै आएको पाइन्छ । व्यवसायिक रूपमा च्याउ उत्पादन नगरिएको अवस्थामा पनि बन जंगलमा उपलब्ध भएको च्याउ मानिसहरूले उपभोग गर्ने गरेको पाइन्छ । सर्वप्रथम कन्ये च्याउको उत्पादन र अनुसन्धान पश्चात २०३०/३१ सालमा गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान भएको हो । राष्ट्रिय कृषि अनुसन्धान परिषद अन्र्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउ खेती प्रविधि सम्बन्धी अध्ययन गर्न सफल भएपछि २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धी तालिम दिई यसको विस्तार गर्ने कार्य भएको हो ।

    २०३४/३५ सालबाट नै काठमाडौँको बलम्बु, चापागाउ, दधिकोट हुँदै नेपालका विभिन्न स्थानमा निरन्तर रूपमा च्याउखेती गरिदै आइएको छ । बर्तमान समयमा च्याउ उपभोग गर्ने मानिसहरूको सङ्ख्या वृद्धि हुँदै गएकोले यसको व्यवसायिक उत्पादन गर्ने किसानहरूको सङ्ख्या पनि दिनानुदिन बृद्धि हुँदै गइरहेको छ । हाल नेपालको ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लाहरूमा व्यवसायिक रूपमा च्याउ उत्पादन गर्ने किसानहरू रहेका छन् ।

    च्याउ उत्पादक किसानहरूको एकमात्र संगठित नेतृत्वदायी संस्था च्याउ उत्पादक किसान संघ नेपाल हो । देशभर छरिएर रहेका च्याउ उत्पादक किसानहरू सङ्गठित र जागरण गर्दै च्याउ देतिको विकास र प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै उत्पादक किसानका हक अधिकारका लागि पैरवी गर्ने उद्देश्यले वि.सं. २०६१ साल पुस १५ गते च्याउ उत्पादक किसानहरूको साझा सङ्गठनको रूपमा च्याउ उत्पादक किसान संघ नेपालको स्थापना भएको हो । 

    च्याउ उत्पादक किसान संघ नेपाल उत्पादक किसानहरूको संगठित शक्तिद्वारा देशलाई च्याउ उत्पादनमा आत्मनिर्भर बनाउने, युवाहरूलाई च्याउ उत्पादनमा प्रोत्साहन गर्दै देशमा स्वरोजगारीको अवसरहरू श्रृजना गरी समग्र च्याउ क्षेत्रको विकासमा टेवा पु¥याउँदै आएको छ । नेपालमा च्याउको उत्पादन मात्र नभउर उपभोक्तालाई यसको उपयोगिताको बारेमा पनि जागरण गर्ने काम यस किसान संघले गर्दै आइरहेको छ । साथै स्वस्थ्य र वृहत उत्पादनद्वारा जनस्वास्थ्य र राष्ट्रिय आयमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको छ । 

    स्थापनादेखि नै च्याउलाई राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि विभिन्न समयमा सरकारी निकायहरूसँग अनुरोध र दबाबका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको थियो । च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ च्याउ किसान र सरोकारवालाहरूको सहभागितामा सञ्चालन गरेको थियो ।

    पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा भएकोले कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउनका लागि संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेको सन्दर्भमा मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण’को कार्यक्रम २०७६ पुस १५ गतेका दिन बागमति प्रदेशको राजधानी हेटौडामा सञ्चालन भएको थियो । 

    उक्त दिन च्याउ संघ र कृषकको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेश स्तरमा च्याउ दिबसको विधिवत रूपमा घोषणा गरेको थियो ।  गरिएको थियो । उक्त बर्षदेखि नै च्याउ उत्पादक किसान संघले च्याउ किसान र सरकारवालाहरूको सहभागितामा प्रत्येक बर्ष पुस १५ गते विभिन्न कार्यक्रमहरू सञ्चालन गरि मनाइँदै आइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार