images
images

ग्लोबल आइएमई बैङ्कको १७औँ वार्षिकोत्सव : सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैङ्कको १७औँ वार्षिकोत्सव : सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

शनिवार, पुस १४ २०८०
शनिवार, पुस १४ २०८०
  • ग्लोबल आइएमई बैङ्कको १७औँ वार्षिकोत्सव : सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम आयोजना

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । 

    images
    images

    आम जनमानसमा वित्तीय साक्षरता तथा बैङ्किङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । 

    यही पौष १७ गतेदेखि ग्लोबल आइएमई बैङ्क आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ । काठमाडौँमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्क सञ्चालक समिति सदस्यहरू, बैङ्क उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

    3.JPG

    वित्तीय साक्षरता तथा बैङ्किङ्ग शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर मुख्यमुख्य शहरहरू परिक्रमा गरेका थिए । 

    4.JPG

    ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरू अनुसार मुलुककै सबैभन्दा ठुलो बैङ्क वाणिज्य बैङ्क हो । 

    2.JPG

    बैङ्कले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैङ्किङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/बैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

    5.JPG

    बैङ्कमा करिब ४ हजार कर्मचारीहरू कार्यरत रहेका छन् । बैङ्कले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार