images
images

पाँच महिनामा १५ अर्ब १७ करोडको रासायनिक मल आयात

पाँच महिनामा १५ अर्ब १७ करोडको रासायनिक मल आयात

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • पाँच महिनामा १५ अर्ब १७ करोडको रासायनिक मल आयात

    काठमाडौँ / कृषि प्रधान देश नेपालमा कृषिका लागि आवश्यक पर्ने रासायनिक मल वर्षेनि अबौँ रुपैयाँ बराबरको विदेशबाट आयात भइरहेको छ ।

    images
    images

    जबजब मलको समस्या हुने गर्छ त्यस बेला देशभित्रै रासायनिक मल उत्पादन गर्ने भन्ने चर्चा चल्ने गरेको धेरै भइसक्यो । कुरा धेरै हुन्छ तर कार्यान्वयनमा भने कहिल्यै आउन सक्दैन । 

    कार्यान्वयनमा विविध व्यवधान उत्पन्न भइरहन्छ । दृढ इच्छाशक्तिको कमी वा छिमेकका ठूला बजारसँग प्रतिस्पर्धामा उत्रन सकिँदैन कि भन्ने सम्भावित जोखीमले पनि लगानीकर्ताहरूले हतपती लगानी नगरेका हुन सक्छन् । 

    काम गर्नसक्ने जनशक्ति विदेशिँदा र देशभित्रको उत्पादनले बजार र सही मूल्य नपाउँदा नेपालमा कृषिप्रतिको आकर्षण घटिरहेको छ । जसका कारण कृषिप्रधान देश बर्सेनि खर्बौं रुपैयाँबराबरको भए पनि तरकारी, फलफूलदेखि खाद्यान्नसम्म छिमेकी देशबाट आयात भइरहेको छ । 

    सरकारले नेपालका कृषि उत्पादकत्व बढाउन विभिन्न प्रकारका उपाय अवलम्बन गरिरहेको छ । त्यमध्येको एक हो– रासायनिक मल । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउन–मंसिर)मा मात्रै १५ अर्ब भन्दा बढिको रासयनिक मल आयात भएको छ । 

    पाँच महिनामा १५ अर्ब १७ करोड ६२ लाख रुपैयाँ बराबरको १९ करोड ९७ लाख किलो रासयनिक मल आयात भएको तथ्याङ्क छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब १६ करोड ५० लाख ८७ हजार रुपैयाँ बराबरको मल आयात भएको थियो । यस्तै, आर्थिक वर्ष ०७९/८० मा ४० अर्ब ६९ करोड ६५ लाख ८८ हजारको मल आयात भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार