काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४२ पैसा रहेको डलरको भाउ बढेर आज खरिदमा १३३ रुपैयाँ ६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिदमा १४६ रुपैयाँ २७ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९४ पैसा रहेकोमा आज बढेर खरिदमूल्य १४७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य १४७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
यसैगरी ९० रुपैयाँ ४१ पैसा र बिक्रीमा ९० रुपैयाँ ८२ पैसा तोकिएको अष्ट्रेलियन डलर बढेर आज खरिदमूल्य ९१ रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ४२ पैसा पुगेको छ ।
विस्तृतमा हेर्नुस्