images
images

५ महिनामा ६ देशबाट ४ अर्ब बढीको स्याउ आयात, कुन देशबाट कति ?

५ महिनामा ६ देशबाट ४ अर्ब बढीको स्याउ आयात, कुन देशबाट कति ?

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • ५ महिनामा ६ देशबाट ४ अर्ब बढीको स्याउ आयात, कुन देशबाट कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को ५ महिनामा ४ अर्ब बढीको स्याउ आयात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ५ महिनामा ४ अर्ब ९ करोड २९ लाख ६४ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख २ हजार ९२७ केजी स्याउ आयात भएको हो । 

    विभागका अनुसार उक्त स्याउ ६ वटा देशबाट आयात भएको छ । उक्त स्याउहरु चाइना, भारत, न्यूजिल्याण्ड, थाइल्याण्ड, टर्की र अमेरिकाबाट आयात भएको हो । 

    जसमध्ये सबैभन्दा धेरै चाइनाबाट आयात भएको छ । चाइनाबाट यो ५ महिनामा ३ अर्ब २२ करोड ४७ लाख ९६ हजार रुपैयाँको ३ करोड ४ लाख ८४ हजार ५१७ केजी स्याउ आयात भएको हो । त्यसैगरी, भारतबाट ८५ करोड ६८ लाख ६७ हजार रुपैयाँको १ करोड ८ लाख ५६ हजार २४५ केजी स्याउ आयात भएको छ । 

    यस्तै, न्यूजिल्याण्डबाट ४४ लाख ३४ हजार रुपैयाँको २० हजार ५८० केजी, अमेरिकाबाट ४४ लाख १४ हजार रुपैयाँको २० हजार ५८० केजी, टर्कीबाट २४ लाख ४२ हजार रुपैयाँको २० हजार ८८० केजी र थाइल्याण्डबाट १२ हजारको २३ केजी स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

    यसरी स्याउ आयातबाट यो ५ महिनमा १ अर्ब ४ करोड ७८ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार