images
images

यस वर्ष रिडी पावरले शेयरधनीलाई लाभांश नदिने

यस वर्ष रिडी पावरले शेयरधनीलाई लाभांश नदिने

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • यस वर्ष रिडी पावरले शेयरधनीलाई लाभांश नदिने

    काठमाडौँ / रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । 

    images
    images

    कम्पनीको शुक्रबार बसेको यस कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले पुस २८ गते साधारण सभा पनि बोलाएको छ  ।

    सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनको लागि  कम्पनीले पुस १७ गते बुक क्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

    कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ४२.१० प्रतिशत लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार