images
images

मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको समितिको निष्कर्ष

मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको समितिको निष्कर्ष

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको समितिको निष्कर्ष

    काठमाडौँ / त्रिभुवन विमानस्थल हुँदै १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।  उक्त प्रतिवेदनले मीन घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । 

    images
    images

    मंसिर २२ मा दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई भन्सार कार्यालयले १४ किलो सुनसहित पक्राउ गरेको थियो । सोही क्रममा गोरखाका मीनबहादुर घले पनि समातिएका थिए । प्रतिवेदन अनुसार घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेका थिए ।

    घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुवईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुलेको समितिले जनाएको छ । पटक पटक गरी मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको प्रतिवेदनमा उल्लेख छ । 

    मीनबहादुर र चन्द्रका साथै कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन लिएर आउने गरेका थिए । एयरपोर्टमा सेटिङ मिलाउन भने डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ ।

    एयरपोर्टबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले भूमिका खेलेको समितिले जनाएको छ । 

    एयरपोर्टबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौँको टोखा नगरपालिका, बानियाटारसिथतर सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्याउने गरेका थिए । यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्याउने गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार