images
images

ग्लोबल आइएमई बैङ्कको न्यूनतम् ब्याजदर ९.९९ प्रतिशतदेखि विशेष घर कर्जा योजना

ग्लोबल आइएमई बैङ्कको न्यूनतम् ब्याजदर ९.९९ प्रतिशतदेखि विशेष घर कर्जा योजना

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • ग्लोबल आइएमई बैङ्कको न्यूनतम् ब्याजदर ९.९९ प्रतिशतदेखि विशेष घर कर्जा योजना

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेडले एकल अङ्कमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैङ्कले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । 

    images
    images

    साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैङ्क वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका भएका ग्राहकहरूले सहज रूपमा कर्जा सार्न सक्नुहुनेछ ।

    यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । बैङ्कले ग्राहकलाई छिटो, छरितो एवम् सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिनभित्र बिना झन्झट कर्जा प्रवाह गर्नेछ ।

    ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा रहेको बैङ्कका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरूलाई हार्दिक अनुरोध छ ।

    आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैङ्कले वर्षेनी यस्तो सरलदरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार