images
images

आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।   

    images
    images

    आज शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। भोलि शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशभरीको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार