images
images

काठमाडौँ महानगरले ढल र मंगाल सफा गर्दा निस्कियो ७९२ मेट्रिक टन माटो

काठमाडौँ महानगरले ढल र मंगाल सफा गर्दा निस्कियो ७९२ मेट्रिक टन माटो

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • काठमाडौँ महानगरले ढल र मंगाल सफा गर्दा निस्कियो ७९२ मेट्रिक टन माटो

    काठमाडौँ / सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड ड्रेन, नाला सफाइ गरिरहेको छ । 

    images
    images

    विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजारभन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । तीमध्ये दरबारमार्ग र कुलेश्वर सडक खण्डमा मंगाल सफा गरिएका भेटिए । बाँकी सबैमा माटो, घरेलु र पैदल यात्रुले उत्पादन गरेको फोहोरले भरिएको थियो । 

    अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं. ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । 

    यसैगरी वडा नं. ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं. ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं. २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं. १ दरबार मार्ग सफाइ गरिसकिएको छ । 

    वडा नं. १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं. १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा बुधबार काम भएको महानगरले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार