images
images

सेयर बजारको उकालो यात्रामा ब्रेक, सात दिनपछि उच्च अङ्कले घटेको बजारमा ६ अर्ब २७ करोडको कारोबार

सेयर बजारको उकालो यात्रामा ब्रेक, सात दिनपछि उच्च अङ्कले घटेको बजारमा ६ अर्ब २७ करोडको कारोबार

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • सेयर बजारको उकालो यात्रामा ब्रेक, सात दिनपछि उच्च अङ्कले घटेको बजारमा ६ अर्ब २७ करोडको कारोबार

    काठमाडौँ  / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अङ्कले ओरालो लागेको छ । लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा आज बिहीबार (आठौँ दिन) दिन  ‘करेक्सन’ आएको हो ।

    images
    images

    यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२.७७ अङ्कले ओरालो लागेर २ हजार एक सय ९.१० मा सीमित भएको छ । यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो ।

    त्यस्तै, आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज ६ अङ्कले ओरालो लागेर ३ सय ९६.६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ । 

    कूल १ करोड ७१ लाख ७२ हजार १ सय ४९ कित्ता शेयर रु ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८ सय ११ मूल्यमा खरिदबिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३० करोड ६८ लाख ६० हजार ८ सय बराबरको सेयर कारोबार भयो । 

    सोनापुर मिनरल्स रु २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी रु २० करोड ६ लाख २० हजार १ सय ६०, हाथवे इन्भेस्टमेन्ट रु १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय ९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

    यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स ७.४४, उन्नती सहकार्य लघुवित्त ७.२६, सनराइज फस्ट म्युचुअल फण्ड ६.९४, गरिमा विकास लघुवित्त ६.९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.५२ प्रतिशतले गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार