images
images

साना किसान विकास लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, यी प्रस्तावहरू पारित हुने

साना किसान विकास लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, यी प्रस्तावहरू पारित हुने

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • साना किसान विकास लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, यी प्रस्तावहरू पारित हुने
    images
    images

    काठमाडौँ / साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २२औं वर्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकराी दिएको हो ।

    सभाले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

    त्यस्तै सभाले यस लघुवित्त वित्तीय संस्थासँग उपयुक्त लघुवित्त वित्तीय संस्था गाभ्न/गाभिन वा मर्जर गर्न उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै संस्थापक शेयरधनीको समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन पनि हुनेछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार