images
images

आगामी तीन दिनको मौसम : आज र भोलि देशभर आंशिक बदलीको सम्भावना

आगामी तीन दिनको मौसम : आज र भोलि देशभर आंशिक बदलीको सम्भावना

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • आगामी तीन दिनको मौसम : आज र भोलि देशभर आंशिक बदलीको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    images
    images

    आज देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने भोलि देशभर आंशिक बदली रहनेछ।   

    शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।   

    देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार