images
images

नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत, ओपन रेञ्ज कति ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधवार भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।

    कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब कम्पनीको शेयर भोलि अर्थात् बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२१.७८ देखि ३६५.३४ रुपैयाँ ओपन रेञ्ज तोकिदिएको छ । यही रेञ्जको आधारमा कम्पनीको शेयर भोलिदेखि कारोबारमा आउनेछ । 

    कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरूमा वितरण गरेको ३८ लाख २५ हजार कित्ता शेयर र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको १ करोड ५३ लाख कित्ता गरेर कुल १ करोड ९१ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

    कम्पनीको स्टक सिम्बोल भिएलसियुएल रहेको छ । कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँबाट हुने जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार