images
images

लुफ्थान्साद्वारा नौ अर्ब डलरमा एयरबस र बोइङ विमानहरूको अर्डर

लुफ्थान्साद्वारा नौ अर्ब डलरमा एयरबस र बोइङ विमानहरूको अर्डर

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • लुफ्थान्साद्वारा नौ अर्ब डलरमा एयरबस र बोइङ विमानहरूको अर्डर

    आफ्ना विमानहरूको आधुनिकीकरण गरिरहेको जर्मन एयरलाइन्स लुफ्थान्साले करिब नौ अर्ब डलरमा बोइङबाट ४० र एयरबसबाट ४० विमानको अर्डर गरेको मङ्गलबार बताएको छ ।

    images
    images

    बोइङ विमान ७३७–८ एमएएक्स र एयरबस विमान ए२२०–३०० मोडेलको हुने एयरलाइन्सले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

    लुफ्थान्सा बोर्डका सदस्य डेटलेफ केसरले भने, “हामी हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा ठूलो विमान आधुनिकीकरणमा तीव्रता दिइरहेका छौँ ।”

    एयरबसका विमानको प्रयोग लुफ्थान्साको नयाँ क्षेत्रीय वाहक सिटी एयरलाइन्सले गर्ने उद्देश्य राखेको छ ।

    सिटी एयरलाइन्स सन् २०२४ को गृष्ममा सञ्चालन सुरु हुनेछ । सन् २०२६ मा पहिलो वितरण गरिने ती विमानलाई फ्र्याङ्कफर्ट र म्युनिखबाट छोटो दूरीका मार्गमा परिचालन गरिने छ । 

    पहिलो डेलिभरी सन् २०२७ मा हुने बोइङ विमानको प्रयोग छोटो र मध्यम दूरीका मार्गमा गर्न सकिनेछ । लुफ्थान्सा समूहका कुन एयरलाइन्सले विमानहरूको प्रयोग गर्ने हो भन्नेबारेमा कुनै अन्तिम निर्णय लिइएको छैन । 

    समूहका वाहकहरूमा लुफ्थान्सा, युरोविङ्ग्स, अस्ट्रियन, स्विस र ब्रसेल्स एयरलाइन्स रहेका छन् । नयाँ विमान शान्त र अधिक आरामदायक हुने र आफ्ना पूर्ववर्तीहरूको तुलनामा ३० प्रतिशत कम कार्बनडाइअक्साइड उत्सर्जन गर्ने केसरले बताए । 

    सन् २०१९ को तुलनमा सन् २०३० सम्ममा आफ्नो शुद्ध कार्बन उत्सर्जनलाई आधा गर्ने र सन् २०५० सम्ममा कार्बन तटस्थ बन्ने लुफ्थान्साको लक्ष्य छ । 

    यद्यपि उड्डयन क्षेत्रलाई डिकार्बोनाइज गर्न सबैभन्दा कठिन छ र यसको आशा स्थायी उड्डयन इन्धन (एसएसएफ)मा अडिएको छ । एसएसएफ एउटा जैविक इन्धन हो । 

    यसले परम्परागत जेट इन्धनको तुलनामा कम कार्बन उत्सर्जन गर्छ तर हाल यसको उत्पादन लागत अत्यन्त महङ्गो छ । कोरोना भाइरस महामारीले हवाई यात्रा बन्द हुँदा जर्मन सरकारले लुफ्थान्सालाई जमानत दिनुपरेको थियो तर एयरलाइन्स सुदृढरूपमा फर्किएको छ । 

    नोभेम्बरमा लुफ्थान्सा समूहले गृष्मको यात्रापछि तेस्रो त्रैमासिकको मुनाफामा वृद्धि भएको बताएको थियो । उसले आगामी महिनाहरूमा पनि मुनाफा जारी रहने अपेक्षा गरिएको बताएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार