images
images

सजिलो ब्रोकरद्वारा पहिलो कारोबारको रूपमा कुमारीको नाममा सेयर खरिद

सजिलो ब्रोकरद्वारा पहिलो कारोबारको रूपमा कुमारीको नाममा सेयर खरिद

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • सजिलो ब्रोकरद्वारा पहिलो कारोबारको रूपमा कुमारीको नाममा सेयर खरिद

    काठमाडौँ / सजिलो ब्रोकरले आफ्नो पहिलो कारोबारको रूपमा पाटनकी जीवित देवी (कुमारी)को नाममा खरिद गरेको सेयर एक कार्यक्रमका बिच भेटी स्वरूप कुमारीलाई चढाएको छ । 

    images
    images

    जीवित देवी कुमारी धितोपत्र बजारमा प्रवेश गरेसँगै बजारले सकारात्मक लय समातेकोमा खुसी व्यक्त  गर्दै  कुमारीका पिता निरोज रत्न बज्राचार्य र कम्पनीका अध्यक्ष गोविन्द शर्मा गैह्रेले एक अर्कामा बधाई तथा शुभकामना समेत साटासाट समेत गरे । 

    सजिलो ब्रोकर लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष कुमारी घरको लागी भेटी छुट्याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

    सो अवसरमा मङ्सिर १८ गते कुमारीबाट कारोबार सुरु भएको दिन १८४७.८१ मा बन्द भएको नेप्से इन्डेक्स जम्मा १२ कारोबार दिनको अन्तरालमा २५८.६७ अङ्कले बढेर आज २१०६.४८ बिन्दुमा बन्द हुनुलाई संयोग मात्र मान्न नसकिने र कुमारीकै अनुकम्पाले भएको चर्चा समेत भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार