images
images

नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • नबिल बैंकको स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ

    काठमाडौँ / नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ । 

    images
    images

    शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे । 

    बैंकले ३ अर्ब रुपैयाँको (९% नबिल डिबेन्चर २०८७’) ऋणपत्र निष्कासन गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । 

    जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी रहेको १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसबाट ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ । 

    बाँकी रहेको कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । नबिलले ७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा ९ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

    उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्युनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार