काठमाडौँ / विद्युत उत्पादन कम्पनीको आठौं वार्षिक साधारण सभा पुस २३ गते हुने भएको छ ।
उक्त सभा बिपिसी बिल्डिङ बुद्धनगर काठमाडौंमा दिउँसो ३ः१५ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको नाफा नोक्सान, शिसाव वासलात, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने, संचालक मनोनयन गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।