images
images

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटिएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटिएम सञ्चालन

शुक्रवार, मंसिर २९ २०८०
शुक्रवार, मंसिर २९ २०८०
  • अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटिएम सञ्चालन

    काठमाडौं/  एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । 

    images
    images

    यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमासमेत बैंकले नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । 
    बैंकले यस अघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।


    यसैगरी बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।  

    एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरिय सेवा प्रदान गर्दै आइरहेका छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार