images
images

भोलिबाट सूर्ति चुरोटजन्य पदार्थ बेचेमा पसलै बन्द गराउन सक्ने महानगरपालिकाको चेतावनी

भोलिबाट सूर्ति चुरोटजन्य पदार्थ बेचेमा पसलै बन्द गराउन सक्ने महानगरपालिकाको चेतावनी

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • भोलिबाट सूर्ति चुरोटजन्य पदार्थ बेचेमा पसलै बन्द गराउन सक्ने महानगरपालिकाको चेतावनी

    काठमाडौँ महानगरपालिकाले आज बुधबार पत्रकार सम्मेलन गर्दै सूर्ति सेवनको निमित्त बनाईएको वा उत्पादन गरिएको चुरोट, बिडि, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखे रस लिने सूर्तिजन्य पदार्थ नियम विपरित बेच विखन गरेको पाइएमा पसल नै बन्द गर्न सक्ने चेतावनी दिएको छ ।

    images
    images

    १५ दिन अघि यस्तो सूचना निकालेर महानगरबासीलाई सचेत गराएको थियो । महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायमशालाहरु, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरु लगायतका सार्वजनिक स्थलहरुमा धुम्रपान, चुरोट, विडी, सिंगार, तमाखु, सुल्फा, कक्कड़, कच्चा सूर्ति, खैनि, गुट्खा, सूर्ति वा यस्तै प्रकारका सूर्तिजन्य पदार्थ लाई निषेध गरेको छ । 

    सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रष्ट व्यवस्था गरेको महानगरले जनाएको छ । 

    काठमाडौं महानगरपालिका जनस्वास्थय ऐन २०८० को दफा ४२ ले सूर्ति तथा मदिराजन्य पदार्थ विक्री वितरणामा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालाकाहरुलाई विक्री वितरण गराउन नपाईने, सार्वजनिक ट्यलहरुको चारकिल्ला तोकी सो वरपर सूर्तिजन्य र जंक फुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानूनी व्यवस्या रहेको छ । 

    सूर्तिजन्य पदार्थको सेवन ले राज्यको करोडौं रकम खर्च भईरहेको हुन्छ । 
    महानगरले पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन पछि काठमाडौं महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको भनेको छ । 


    नगरप्रहरी परिचालन र कार्यान्वयन कसरी गर्दैछ ?

    काठमाडौं महानगरका ४ क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना निरन्तर अनुगमनको लागि गरी पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने हुने भनेको छ । 

    सादा पोसाकमासमेत नगरं प्रहरीले अनुगमन हुनेछ । 

    आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारी समेत परिचालित हुने महानगरले भनेको छ । 

    तत्काल नगर प्रहरीको हट लाइन नं १८१०५००००६० वा ०१५९०१७६३ र ०१५९०१७६४ मा सूचना उपलब्ध गराउन समेत सकिनेछ । 

    किन रोक्दैछ महानगरले सूर्तिजन्य पदार्थमा प्रतिबन्ध

    १.  जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न

    २.  शहरी सौन्दर्यता कायम राख्न,

    ३. भूमी तथा वातावरणीय असर न्यूनिकरण गर्न

    यसरी गर्दैछ अनुगमन

    १. सबै पसलमा अनुगमन हुने र सुर्तिजन्य पदार्थ पाइएमा दुइ पटकसम्म जफत गरिने तेस्रो पटक पाइएमा पसल बन्द गर्ने ।

    २. धुम्रपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैयासम्म जरिवाना गरिने

    ३. सार्वजनिक स्थलको एक सय मिटर वरिपरी वितरण गरेको पाइएमा जफत गरी बन्द गरिने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार