images
images

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध, सजावटका अन्य सामग्री किनबेच नगर्न आग्रह

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध, सजावटका अन्य सामग्री किनबेच नगर्न आग्रह

शनिवार, मंसिर २३ २०८०
शनिवार, मंसिर २३ २०८०
  • महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध, सजावटका अन्य सामग्री किनबेच नगर्न आग्रह

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । 

    images
    images

    वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

    महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए ।

    तिहारमा प्लाष्टिकका फूलमाला बिक्री वितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । 

    यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार