images
images

आज कोशी, मधेश र बागमती प्रदेशमा बदली हुने, कोशी प्रदेशमा हिमपातको सम्भावना

आज कोशी, मधेश र बागमती प्रदेशमा बदली हुने, कोशी प्रदेशमा हिमपातको सम्भावना

बुधवार, मंसिर २० २०८०
बुधवार, मंसिर २० २०८०
  • आज कोशी, मधेश र बागमती प्रदेशमा बदली हुने, कोशी प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।

    images
    images

    हाल कोशी प्रदेश, मधेश प्रदेशकासाथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहेको छ। 

    आज बुधबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

    कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बिहीबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

    कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ।  

    देशभरीको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार