काठमाडौँ / कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौँमा सञ्चालनमा ल्याएको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरूको नेपालभर बहुस्तरीय शोरुमहरूमा प्रदर्शन गरिएको छ।
नयाँ शोरुमले स्थानिय तथा अन्तराष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापी रूपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरहरूको पहुँच पुर्याएको छ।
कम्पनीका सार्क राष्ट्रहरू तथा भारतका प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले भने, “हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौंँ।” नयाँ तीन तले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ।
प्रसिद्ध चेयरहरू : थिङ्क, जेस्चर, र पर्सनालिटी प्लससहित वर्कस्टेसनहरू काठमाडौँको माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा केही सहायक सङ्कलनहरुको चयन गरिएको छ जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरू छन् र यसमा विश्वप्रसिद्ध डिजाइनरहरूको भूमिका रहेको छ।
कम्पनीका सार्क राष्ट्रहरू तथा भारतका बिक्री निर्देशक राम मोहनले भने, “हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ। यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरुप छ।”
“नेपालमा काम र कार्यक्षेत्रको भविष्य थप राम्रो बनाउन हामीले एक विश्वशक्तिसँग साझेदारी गरेकोमा खुसी महसुस गरेका छौँ,” फ्युजनका संस्थापक हितेश गोल्छाले भने, “हाम्रो स्टिलकेससँगको साझेदारीले नेपाली कार्यालयहरूको सुगम समाधानहरू र असीम सम्भावनाहरूमा अझ योगदान पुर्याउनेछ। स्टिलकेस एकमात्र व्यवसाय हो जसले ८ बर्षदेखि जीवनभरका लागि वारेन्टी प्रदान गर्दछ। हामी हाम्रो नयाँ शोरुममा वर्तमान र नयाँ ग्राहकहरूको स्वागतसँगै र उहाँहरूको आवश्यकता अनुसार उत्कृष्ट समाधान प्रदान गर्नमा सहयोग गर्न उत्साहित छौँ।”