जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महंगी र भ्रष्ट्रचार नियन्त्रण जस्ता सार्वजनिक महत्वका मुद्दामा सरकार उदासिन र निस्प्रभावी बन्दै गएको छ ।
आम जनता पार्टीले काठमाडौंमा यहि मुद्दा उठाएर प्रदर्शन गरेको छ। पार्टीको झण्डा सहित कार्यकर्ताहरू शान्ति वाटिकादेखि प्रदर्शन सुरू गरेर पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएका थिए ।