काठमाडौँ / देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुर र चितवनका विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले हेटौँडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि स्कुल व्याग सहयोग गरेको हो ।
शिवम्ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुलव्यागहरू वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामाग्रीहरूको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आईरहेको छ ।
कम्पनीका प्रतिनिधि भन्छन्, “विगतका दिनहरूमा पनि हामीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रवृत्तिहरू स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आईरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुलव्यागहरू वितरण गरेका छौँ ।”
शिवम् सिमेन्टस्ले विगतका दिनहरूमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरूमा छात्रवृत्तिको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिङ, बृक्षारोपण आदि जस्ता कार्यहरू गर्दै आईरहकेको छ ।
क्वालटिकको मामलामा नो कम्प्रमाइज भन्दै गुणस्तरीय उत्पादन तथा बिक्री वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्त्वपूर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९बाट पुरस्कृत हुन सफल भएको छ ।
सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।