images
images

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको बार्षिक साधारण सभा पुस ५ गते, लाभांश प्रस्ताव पारित गरिने

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको बार्षिक साधारण सभा पुस ५ गते, लाभांश प्रस्ताव पारित गरिने

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटको बार्षिक साधारण सभा पुस ५ गते, लाभांश प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा आह्वान गरेको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १५औँ वार्षिक साधारणसभा पुस ५ गते बोलाएको हो । सभा होटल याक एण्ड यति काठमाडौँमा दिउँसो ४ बजेबाट सुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको २९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५.५३ प्रतिशत नगद गरी कूल ३१०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

    यस्तै, कम्पनीप्रति अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न हाल कायम सेयरधनीहरुका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेट्ने उद्देश्यले सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुका साथै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघका लागि जारी पूँजीको प्रतिकित्ता १ सय रुपैयाँमा सेयर बिक्री गर्नेछ ।

    कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    स्वतन्त्र सञ्चालक अनिल शर्मा र सञ्चालक राजेश कुमार पाण्डाको नियुक्तिलाई अनुमोदन गर्नेछ । सभाले कम्पनीका सञ्चालकको बैठक भत्तामा समयानुकुल हेरफेर गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार