images
images

किस्ता किस्तामा घटेर साता दिनअघिकै बिन्दुमा झर्यो नेप्से, किन थामिएन बजारको उत्साह ?

किस्ता किस्तामा घटेर साता दिनअघिकै बिन्दुमा झर्यो नेप्से, किन थामिएन बजारको उत्साह ?

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • किस्ता किस्तामा घटेर साता दिनअघिकै बिन्दुमा झर्यो नेप्से, किन थामिएन बजारको उत्साह ?

    काठमाडौँ / नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन बिहीबारको भन्दा तल पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ४७.७५ अङ्कले बढेर १९०७.९५ बिन्दुमा उक्लिएको बजार चार दिन लगाएर किस्ता किस्तामा घटेर गत साता बिहीबारको भन्दा तल पुगेको हो । 

    images
    images

    गत साताको बिहीबार नेप्से परिसूचक ९.८७ अङ्कले बढेर १८.६० मा पुगेको थियो भने आइतबार १९ सयभन्दा माथि पुगेको थियो । बिहीबार र आइतबार बजारमा देखिएको उत्साह पनि यस बिचमा हराएको देखिन्छ । सोमबार ११.२८ अङ्कले घटेर १८९६.६७ बिन्दुमा पुगेको बजार मङ्गलबार २.१४ अङ्कले घटेर १८९४.५३ बिन्दुमा पुगेको थियो । 

    यसैगरी बुधबार १७.९३ अङ्कले घटेर १८७६.६० बिन्दुमा झरेको बजार आज साताको अन्तिम कारोबार दिन बिहीबार १८.६ अङ्क अर्थात ०.९६ प्रतिशतले घटेर १८५८.५३ बिन्दुमा झरेको छ । आइतबारको तुलनामा कारोबार रकम पनि क्रमशः घटिरहेको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो बुधबार १ अर्ब २३ करोड ६६ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार रकम भने सामान्य वृद्धि भएको देखिन्छ । 

    नेप्सेसँगै आज सेन्सेटिभ इन्डेक्स समेत २.८० अङ्क अर्थात ०.७८ प्रतिशतले घटेर ३५६.०८ बिन्दुमा झरेको छ भने फ्लोट इन्डेक्स १.३० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१५ प्रतिशत घटेको छ । यो दिन २८९ ओटा कम्पनीको ३७ हजार ३१ पटकको व्यापारमा ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच भएको छ । 

    आज नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये २०१ ओटा कम्पनीको सेयरमूल्य घट्दा ३२ ओटाको मात्रै मूल्य बढेको देखिन्छ । आजको कारोबारमा रुरु जलविद्युत परियोजनाको सेयरमूल्य सर्वाधिक बढी ५.६० प्रतिशत अर्थात ४० रुपैयाँले बढेर ७५० रुपैयाँ पुगेको छ । आज तीन ओटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेगेटिभ सर्किट लागेको कम्पनीहरूमा विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड इदी मादी आरवी हाइड्रो पावर रहेका छन् ।

    यी कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता क्रमशः ६५ रुपैयाँ ७० पैसा, ६५ रुपैयाँ ५० पैसा र ३३ रुपैयाँ ८० पैसाले घटेको हो । मूल्य घटेसँगै यी कम्पनीहरूको प्रतिकित्ता सेयरमूल्य क्रमशः ५९१ रुपैयाँ ३० पैसा, ५८९ रुपैयाँ ५० पैसा र ३०४ रुपैयाँ २० पैसा कायम भएको छ । 

    यो दिनको कारोबार रकममा सर्वाधिक बढी हिस्सा नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको रहेको छ । यो कम्पनीको प्रमोटर सेयर ११ करोड ६७ लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । 
    बिहीबार म्युचुअल फण्ड समूहको परिसूचक ०.११ प्रतिशतले बढ्दा बाँकी सबै समूहको परिसूचक घटेको देखिन्छ । यो दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको १.७३ प्रतिशत, वित्त समूहको परिसूचक १.५९ प्रतिशत र होटल तथा पर्यटन समूहको १.५६ प्रतिशतले घटेको छ । 

    किन घट्यो बजार ? 

    आइतबार बजार बढेपछि अल्पकालिन कारोबारीहरू सेयर बेचेर नाफा सुरक्षित गर्न सक्रिय भएका कारण नेप्से बढ्न नसकेको जानकारहरू बताउँछन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रतीक्षामा रहेकाले दिर्घकालिन लगानीकर्ताहरू भने अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । 

    बुधवार नेप्सेको कारोबार प्रणालीमा पनि प्राविधिक समस्या आएका कारण बजार प्रभावित भएको भन्दै नेप्सेको आलोचना भएको थियो । तर, बिहीबार पनि सोही समस्या देखिएको र टिएमएसबाट कतिपय कम्पनीको सेयर खरिद बिक्री गर्न नमिलेको भन्दै सामाजिक सञ्जालमार्फत केही लगानीकर्ताहरूले आक्रोश समेत पोखेका थिए । बजार बढ्न लाग्यो कि टिएमएसमा समस्या आइहाल्ने हुनाले बढ्न लागेको बजार पनि घट्ने गरेको भन्दै उनीहरू आक्रोशित भएका हुन् । 

    नेप्सले टिएमएसमा आएको समस्या समाधान भएको बताए पनि उक्त समस्याको समाधान दीर्घकालीन रूपमा हुन नसक्दा त्यसले समय समयमा बजार प्रभावित बनाउने गरेको छ । यसले लगानीकर्ताहरूमा मनोवैज्ञानिक असर पार्ने बताइन्छ । आर्थिक मन्दीका कारण बैङ्क तथा वित्तीय संस्थालगायतमा खराब कर्जा बढेको छ । जसले गर्दा लाभांश वितरणको सिजन भए पनि सेयर बजारमा उत्साह देखिदैन । अधिकांश बैङ्क तथा वित्तीय संस्थाहरूले यस बर्ष लाभांश सङ्कुचित गरेका छन् भने केहीले वितरण नगर्ने भएका छन् । जसले गर्दा लाभांशको सिजनमा समेत सेयर बजारमा उत्साह देखिदैन । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार