images
images

ग्लोबल आइएमई बैङ्कको शाखा बैतडीको पाटनमा सञ्चालन, शाखा सङ्ख्या ३५१ पुग्यो

ग्लोबल आइएमई बैङ्कको शाखा बैतडीको पाटनमा सञ्चालन, शाखा सङ्ख्या ३५१ पुग्यो

सोमवार, मंसिर ११ २०८०
सोमवार, मंसिर ११ २०८०
  • ग्लोबल आइएमई बैङ्कको शाखा बैतडीको पाटनमा सञ्चालन, शाखा सङ्ख्या ३५१ पुग्यो
    images
    images

    ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैतडी जिल्लाको पर्यटकीय स्थान पाटनमा शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा मंसिर १० गते आइतबारदेखि बैङ्कको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

    पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैङ्कको पाटन शाखाको उद्घाटन गरे ।  नयाँ शाखाको सञ्चालनसँगै बैङ्कको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

    ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । 

    बैङ्कले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैङ्किङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । 

    त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार