images
images

सेयर बजारमा २.५६ प्रतिशतको उछाल : २ अर्ब बढीको कारोबार हुँदा कति कमाए ?

सेयर बजारमा २.५६ प्रतिशतको उछाल : २ अर्ब बढीको कारोबार हुँदा कति कमाए ?

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • सेयर बजारमा २.५६ प्रतिशतको उछाल : २ अर्ब बढीको कारोबार हुँदा कति कमाए ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अङ्कले बृद्धि भएको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अङ्कले बढ्दा सबै उपसूचकमा हरियाली छाएको छ । 

    यसदिन नेप्से परिसूचक २.५६ प्रतिशतले बढेर १९०७.९५ बिन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । 

    गत साताको अन्तिम कारोबार दिन बिहीबार १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँको सेयर कारोबार भएकोमा आज बढेर २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ पुगेको छ । 

    यस दिन २९४ वटा धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच भएको हो ।

    आज २१४ कम्पनीको कारोबार बढेको छ, २३ कम्पनीको घटेको छ भने ३ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन देखिएको छैन । 

    जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा बढी ४.४४ प्रतिशतले वृद्धि भएको छ । 

    यसैगरी फाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.५८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१६ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ । अन्य बाँकी सबै उपसूचकहरू १ प्रतिशतमाथिले बढेका छन् ।  

    यस्तै, कारोबार रकममा सोनापुर मिनरल्सको सर्वाधिक बढी हिस्सा रहेको देखिन्छ । उक्त कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँ ३० पैसामा ११ करोड ६६ लाख बराबरको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा १.८८ प्रतिशत बढेको हो । 

    यसैगरी सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४७० रुपैयाँमा ७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

    सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी

    आइतबार सेयर बजारमा उछाल आउँद छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीहरूको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमशः २२० र ४३७ रुपैयाँ ८० पैसा पुगेको छ । 

    विजय लघुवित्त, स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ खोला जलविद्युत, सिंगटी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको देखिन्छ । 

    पञ्चकन्या माई हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैङ्कको सेयर मूल्य पनि ९ प्रतिशत बढीले बढेको छ । 

    यी हुन् आज शेयरमूल्य घटेको १० कम्पनी

    इन्फिनिटी लघुवित्तको सेयर मूल्य २.४७ प्रतिशतले प्रतिकित्ता मूल्य ५८३ रूपैयाँ २० पैसामा झरेको छ भने, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको इकाइ मूल्य २.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८ रुपैयाँ ७० पैसामा सीमित भएको छ । 

    यस्तै, आशा लघुवित्तको सेयर मूल्य २.४४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य २.३९ प्रतिशत, नबिल ऋणपत्र २०८५ र जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १.९९ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको सेयर मूल्य १.९८ प्रतिशत, ह्याथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य १.६७ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयर मूल्य १.६५ प्रतिशत र प्राइम कमर्शियल बैङ्क डिबेन्चर २०८५ को सेयर मूल्य १.६१ प्रतिशतले घटेको छ । 

    किन बढ्यो सेयर बजार ? 

    सूचकसँगै कारोबार रकम पनि बृद्धि हुन थालेपछि सेयर बजारले बिस्तारै सकारात्मक लय समाउन सक्ने देखिन्छ । 

    केन्द्रीय बैङ्कले नीतिगत रूपमै सहजीकरण गरेको, अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री आफैँ सक्रिय भइरहेको र कर्जा लगानी बढीरहेको कारण लगानीकर्ताहरूको सक्रियता सेयर बजारमा बढेको देखिन्छ ।  

    अहिले लाभांशको सिजनसमेत चलिरहेको छ । छोटो समयमा लाभांश हात पार्न चाहने लगानीकर्ताका लागि सेयर बजारमा लगानी गर्नु अहिलेको समय राम्रो मानिन्छ । 

    त्यस्तै, पछिल्लो समय सेयर बजार घटेका कारण सस्तो मूल्यमा छानीछानी भनेजस्तो कम्पनीको सेयर किन्न सकिने भएकाले सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्ने देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार