काठमाडौँ / वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी राजेन्द्र कुमार शर्माको नाममा रहेको आठ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
नेपाल राष्ट्र बैकबाट जारी एकीकृत निर्देशन अनुसार सेयरहरु खरिद गर्नका लागि फाइनान्सका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइएको छ । संस्थापक सेयरधनीले आज मंसिर ५ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।
इच्छुक संस्थापकले तोकिएको समयवधिसम्म फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा निवेदन दिनु पर्ने छ । ३५ दिन भित्र संस्थापक शेयरधनीहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो शेयरहरु अन्य व्यक्त्सिंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।