images
images

युनिलिभर नेपालद्वारा भूकम्प पीडितका लागि राहतका सामाग्रीका साथै एक करोड नगद सहयोग

युनिलिभर नेपालद्वारा भूकम्प पीडितका लागि राहतका सामाग्रीका साथै एक करोड नगद सहयोग

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • युनिलिभर नेपालद्वारा भूकम्प पीडितका लागि राहतका सामाग्रीका साथै एक करोड नगद सहयोग

    काठमाडौँ / युनिलिभर नेपाल लिमिटेडले जाजरकोट भूकम्पका पीडितहरूको सहयोगार्थ एक करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई साथ दिनको लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक करोड रुपैयाँ सहयोग गरेको हो । 

    images
    images

    कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै युनिलिभर नेपालले उक्त भूकम्पका कारण जाजरकोट र रुकुम जिल्लामा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गुरेको छ । 

    साथै कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्रीसमेत पुर्याएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार