काठमाडौँ / नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
गएको शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकबाट हालको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ छ ।