अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय टेक्नो मोबाइलका दुई नयाँ फोन, POVA 5 र CAMON 20 नेपाली बजारमा पनि उपलब्ध हुने भएका छन्।
टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले यि दुई मोबाइल नेपाली उपभोक्ताको आवस्यकता र रोजाईलाइ मध्यनजर राख्दै नेपाली बजारमा भित्र्याएको जनाएको छ। POVA मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण POVA 5 विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनि विश्वस्त छ।
८८ जिबिको र्याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जरसहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ।
६०००mAh को ब्याट्रीका साथ आउने POVA 5 ६.७८ इन्च FHD+Dot-in डिस्प्लेमा उपलब्ध छ। यसमा जडित 'भ्यापर च्याम्बर' ले फोन नतात्ने र ६nm प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ।
50 मेगा पिक्सेलको एच डि डुअल रेअर क्यामेरा POVA 5 मोबाइलको अर्को आकर्षक फिचर हो।
त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, CAMON 20 मोबाइल।
६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा ऋब्ःइल् द्दण् आकर्षक ७।८ मिमि पातलो डिजाइनमा उपलब्ध छ।
६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो।
CAMON 20 को ५०००mAh को ब्याट्री र ८ं८ जिबि र्यामले प्रयोगकर्तालार्इ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ।
नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरुका लागि टेक्नो का यी दुई फोन, POVA 5 र CAMON 20, सहि र उचित रोजाई बन्ने कम्पनीको दावी छ।