images
images

राष्ट्रपति रामचन्द्र पौडेलले गरे गाई पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गरे गाई पूजा

सोमवार, कार्तिक २७ २०८०
सोमवार, कार्तिक २७ २०८०
  • राष्ट्रपति रामचन्द्र पौडेलले गरे गाई पूजा

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका थिए ।

    images
    images

    श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन मङ्गलबार गोरुपूजा/गोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार